२०८३ कात्तिक ११ गते मंगलबार

खडेरीसँग लड्दै अफगानी किसान

खडेरीसँग लड्दै अफगानी किसान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ असोज २४ गते शुक्रबार १०:०९

काबुलबाट ३५ किलोमिटर पश्चिममा रहेको वारदक प्रान्तका किसान अहिले खडेरीसँग लडिरहेका हुन् । खडेरीले उनीहरुको शान्तिलाई भंग गरिरहेको छ ।

एजेन्सी\सिन्ह्वा ।

शान्तिको झिनो आशबाट अघि बढीरहेका अफगानिस्तानका किसान खडेरीसँग जुधिरहेका छन् ।

काबुलबाट ३५ किलोमिटर पश्चिममा रहेको वारदक प्रान्तका किसान अहिले खडेरीसँग लडिरहेका हुन् । खडेरीले उनीहरुको शान्तिलाई भंग गरिरहेको छ ।

यसले बगैंचा सुकाउँछ, बालीनालीलाई निसास्साउँछ र आत्मनिर्भरताको वाचालाई क्षय गरिरहेको छ ।

वर्षौंको द्वन्द्व सहेका किसानका लागि कठिनाइलाई समृद्धिमा रूपान्तरण गर्ने आशा टाढा भएको छ ।

एक अनुभवी किसान जियाउद्दीन आफ्नो बगैंचाको कंकाल हाँगाहरूको बीचमा उभिएका छन् ।

विगतका ऋतुहरूको रातो फल अब केवल सम्झनामा सिमित रहेको उनको भनाइ छ । खडेरीले ठूलो क्षति पु¥याएको उनको गुनासो छ ।

अर्को कामदार जियारमलले पनि उही कुरा स्मरण गर्दछन् । विश्वविद्यालयको डिग्री भएपनि उनी व्यापक बेरोजगारीको बीचमा ६ जनाको परिवारलाई सहयोग गर्न बगैंचामा दैनिक काम गर्छन् ।

वर्षाको अभाव बाहेक संरचनात्मक समस्याहरूले किसानको पीडालाई अझ बढाउँदै लगेको छ ।

शीतभण्डार सुविधाहरूको अभावले उनीहरूलाई समयभन्दा पहिले उत्पादन बेच्न बाध्य पार्छ । जसले गर्दा मूल्यहरू घट्छन् ।

कमजोर मार्केटिङ च्यानलहरू, कीराहरूको प्रकोप र कृषि तालिम कार्यक्रमहरूको अभावले उनीहरूको जोखिमलाई अझ गहिरो बनाएको छ ।

प्रकाशित मिति २०८२ असोज २४ गते शुक्रबार १०:०९
हजुरको प्रतिक्रिया