२०८३ साउन २१ गते बिहीबार

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक आज पनि जारी

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक आज पनि जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १ गते शुक्रबार १०:३४

केन्द्रिय कमिटीको तेस्रो दिन आज बैठक सक्ने तयारी एमालेको छ । पहिलो र दोस्रो दिन १८४ जनाले आफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

काठमाडौं ।

नेकपा एमालेको केन्द्रिय कमिटी बैठक आज पनि जारी छ ।

बैठक ललितपुरको भनिमण्डलमा बिहान साढे ८ बजेबाट शुरु भएको हो ।

केन्द्रिय कमिटीको तेस्रो दिन आज बैठक सक्ने तयारी एमालेको छ ।

पहिलो र दोस्रो दिन १८४ जनाले आफ्ना धारणा राखेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनकाअनुसार प्रत्येक केन्द्रिय सदस्यहरुलाई बोल्नका लागि तीन मिनेटको समय छुट्याइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रश्तुत गरेको राजनीतिक प्रतिवेदनउपर केन्द्रिय सदस्यहरुले धारणा राखेका छन् ।

साथै समसामयिक राजनीति, सरकारका गतिविधिका बारेमा पनि आफ्ना धारणा राख्नुभएको प्रमुख गौतमले बताए ।

एमाले केन्द्रिय समिति सदस्यहरुको संख्या ३ सय ५७ रहेको छ ।

प्रदेशगत अध्यक्षहरु १० जना जोडेर ३ सय ६७ जनाले आफ्ना धारणा राखेपछि बैठक सकिनेछ ।

संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनःस्थापना गर्नुपर्ने, पुनःस्थापना गर्दा संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर शक्तिहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको समेत सहभागितामा व्यापक जनपरिचालनको माध्यमबाट निर्णयमा पु¥याउनुपर्ने विषय उठेको उनले जानकारी दिए ।

अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एकमात्र सहज बाटो संसद पुनःस्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको उनले बताए ।

सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएकोमा ७ बुँदामा केन्द्रित रहेर सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ कात्तिक १ गते शुक्रबार १०:३४
हजुरको प्रतिक्रिया