२०८३ कात्तिक १० गते सोमबार

स्वरुप फेरिएका १०४ मोटरसाइकल कास्की प्रहरीकाे नियन्त्रणमा

स्वरुप फेरिएका १०४ मोटरसाइकल कास्की प्रहरीकाे नियन्त्रणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १ गते शुक्रबार ०३:३९

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने र समाजमा अशान्ति फैलाउने १०४ वटा मोटरसाइकल नियन्त्रणमा लिएकाे छ । अवैध रुपमा मोटरसाइकल स्वरुप परिवर्तन गर्ने, साइलेंसर बिगारी पड्किने आवाज निकाल्ने,...

पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने र समाजमा अशान्ति फैलाउने १०४ वटा मोटरसाइकल नियन्त्रणमा लिएकाे छ ।

अवैध रुपमा मोटरसाइकल स्वरुप परिवर्तन गर्ने, साइलेंसर बिगारी पड्किने आवाज निकाल्ने, राति चर्को ध्वनी प्रदूषण गर्ने र प्रहरीसँग विवाद गर्नेहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीका अनुसार समाजमा आतंक सृजना गर्ने, शान्ति–सुरक्षा खलल पार्ने र ध्वनी प्रदूषण बढाउनेजस्ता गतिविधिबारे व्यापक जनगुनासो आएपछि असोज २७ गतेदेखि अभियान सञ्चालन गरिएको हो।

प्रहरीसँग विवाद गर्ने र समाजमा त्रास फैलाउने २८ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ। तीमध्ये १६ जनालाई अभिभावकको जिम्मा लगाएर रिहा गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति २०८२ कात्तिक १ गते शुक्रबार ०३:३९
हजुरको प्रतिक्रिया