२०८३ असोज २५ गते आइतबार

११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय

११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २ गते शनिबार ०९:०७

एमालेले निर्वाचन पनि नहुने र प्रतिनिधिसभा पनि पुनस्र्थापना हुन नसक्ने अवस्थामा देश भयंकर राजनीतिक अस्थिरता र अराजकतातिर जाने जोखिम रहेको पनि निष्कर्ष निकालेको छ ।

काठमाडौं ।

नेकपा (एमाले)ले पार्टीको ११औँ महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ ।

शुक्रबार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए ।

उनकाअनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको मितिसहित प्रश्तुत गरेको राजनीतिक प्रतिवेदन समेत सुझावसहित पारित गरिएको छ ।

उनले जेन–जी पुस्ताले अघि सारेका मागहरु पुरा गर्न प्रतिनिधि सभा पुनस्र्थापनको मुद्दालाई अघि बढाउने निर्णय गरिएको पनि बताए ।

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको कारण पनि एमाले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिएको उनले प्रष्ट पारे ।

सरकारले मुठभेटको वातावरण बनाइरहेको, नेताहरूको चरित्र हत्या गरेको, सन्देहस्पाद पात्रहरू दलका नेतालाई भौतिक हमला गर्न खोजिरहेको र चुनावी परिणाम पनि नस्वीकार्ने चेतावनी दिइरहेको अवस्थामा निर्वाधपूर्वक मतदान हुन नसक्ने गौमको जिकिर छ ।

एमालेले निर्वाचन पनि नहुने र प्रतिनिधिसभा पनि पुनस्र्थापना हुन नसक्ने अवस्थामा देश भयंकर राजनीतिक अस्थिरता र अराजकतातिर जाने जोखिम रहेको पनि निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति २०८२ कात्तिक २ गते शनिबार ०९:०७
हजुरको प्रतिक्रिया