२०८३ साउन २१ गते बिहीबार

चितवनको गाईघाटमा ७ वटा गाडी ठोक्किए : दुर्घटनामा २१ जना घाइते

चितवनको गाईघाटमा ७ वटा गाडी ठोक्किए : दुर्घटनामा २१ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक २ गते शनिबार १०:४८

घाइतेमध्ये १३ जनाको नेशनल सिटी अस्पतालमा, चारको जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ ।

पोखरा ।

मुग्लिन-नारायणघाट सडकखण्डको गाईघाटमा सात वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २१ जना घाइते भएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटमा आज बिहान ७ः३० बजे सातवटा गाडी एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत तर्फबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस, बसको पछाडि ना ७ ख ९६०७ नम्बरको टेलर, त्यस पछाडि बा प्र ०६–००१ ग ०४८४ नम्बरकोे इलेक्टिक माइक्रो, त्यस पछाडि ग २ ख १६२६ नम्बरको बस, त्यस पछाडि ना ३ च ३२५६ नम्बरको बलेरो, त्यस पछाडि बिएबी ८४७० नम्बरको कार ठक्कर खाएका हुन् ।

चितवन प्रहरीकाअनुसार घाइतेहरूको चितवन मेडिकल कलेज, जनता केयर अस्पताल र नेशनल सिटी अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये १३ जनाको नेशनल सिटी अस्पतालमा, चारको जना चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा भएको थप क्षतिको विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति २०८२ कात्तिक २ गते शनिबार १०:४८
हजुरको प्रतिक्रिया