२०८३ असोज २५ गते आइतबार

राष्ट्रपति पौडेल कतार प्रस्थान

राष्ट्रपति पौडेल कतार प्रस्थान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ कात्तिक १८ गते सोमबार १०:०६

कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ट कार्यक्रममा भाग लिन पौडेल कतार गएका हुन् ।
उनी कात्तिक १७ देखि २० गतेसम्म कतारमा रहनेछन् ।

काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् ।

सोमबार बिहान पौडेल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै राष्ट्रपति पौडेल कतार प्रस्थान गरेका हुन् ।

कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ट कार्यक्रममा भाग लिन पौडेल कतार गएका हुन् ।

उनी कात्तिक १७ देखि २० गतेसम्म कतारमा रहनेछन् ।

उनलाई विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलगायत संवैधानिक निकायका प्रमुख र उच्चपदस्थ कर्मचारीले बिदाई गरे ।

राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन् ।

३० वर्षपछि पुनः आयोजना हुन लागेको यो सम्मेलन संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार भइरहेको हो ।

यसअघि सन् १९९५ मा पहिलो सम्मेलन डेनमार्कको कोपनहेगनमा भएको थियो ।

सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतका व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।

राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति २०८२ कात्तिक १८ गते सोमबार १०:०६
हजुरको प्रतिक्रिया