२०८३ असोज २५ गते आइतबार

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर २ गते सोमबार ०१:२८

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पोखरा ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।

निर्वाचन आयोगबाट स्वीकृत कार्यक्रमअनुसार आउँदो पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ ।

पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभाका १८ सदस्यको चुनाव माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति २०८२ मंसिर २ गते सोमबार ०१:२८
हजुरको प्रतिक्रिया