२०८३ असोज २५ गते आइतबार

एमालेको विघटित संसदीय दलको बैठक बस्दै

एमालेको विघटित संसदीय दलको बैठक बस्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ३ गते मंगलबार १२:४०

बैठकमा देशको पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

पोखरा ।

नेकपा एमालेको विघटित प्रतिनिधि सभाका सांसदहरुको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुने एमालेका तत्कालीन मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा देशको पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

नेकपा एमालेले संसद विघटन असंवैधानिक रहेको भन्दै पुनःस्थापनाका लागि अदालत जाने निर्णय गरेको छ ।

अन्य राजनीतिक दलहरू भने अन्तरिम सरकारले तोकेको फागुन २१ को निर्वाचनमा सहभागी हुने तयारीमा छन् ।

प्रकाशित मिति २०८२ मंसिर ३ गते मंगलबार १२:४०
हजुरको प्रतिक्रिया