२०८३ असोज २५ गते आइतबार

राजसंस्था पुनःस्थापनाका लागि कुनैपनि हदसम्म जान तयार छुः काँग्रेस नेता भण्डारी

राजसंस्था पुनःस्थापनाका लागि कुनैपनि हदसम्म जान तयार छुः काँग्रेस नेता भण्डारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ३ गते मंगलबार ०२:३९

उनले आफू राजावादी नभएपनि मुलुकको आजको आवश्यकताका आधारमा राजसंस्था पुनःस्थापना गर्न बलिदानी दिन समेत तयार रहेको बताए ।
उनले नेपाली काँग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

काठमाडौं ।

सनातन हिन्दु राष्ट्रको एजेण्डा उठाउँदै आएका नेपाली काँग्रेसका केन्द्रियसदस्य शंकर भण्डारीले राजसंस्था पुनःस्थापनाको लागि आफू कुनैपनि हदसम्म जान तयार रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू राजावादी नभएपनि मुलुकको आजको आवश्यकताका आधारमा राजसंस्था पुनःस्थापना गर्न बलिदानी दिन समेत तयार रहेको बताए ।

उनले नेपाली काँग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

काँग्रेसभित्र पदप्रातिका लागि सिद्धान्त त्याग्ने प्रवृत्ति भएकै कारण आफू भ्रष्ट करार भएको समेत उनको भनाइ थियो ।

उनले भने, ‘म राजावादी होइन तर राजा देशको लागि आवश्यक भयो । त्यसको लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु । परिआए बलिदान दिन पनि तयार छु । पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने कुरा हामीले नबुझेका होइन । मिडियाले पनि यस्तै गर्ने हो मिडिया घेर्ने बेला आइरहेको छ । नेपालको नेपालको राजनीतिमा दलभित्र पनि ठूलो प्रभाव छ । पद प्राप्तिको लागि अहिले मान्छेले सिद्धान्त समेत त्यागिरहेको अवस्था छ । म दुःखका साथ भन्छु काँग्रेसभित्र पनि त्यो चरित्र हाबी भएको कारणले आज म बदनाम भएको छु । म भ्रष्टाचारी काँग्रेस भएको छु ।’

हिन्दु राज्य र राजसंस्था पक्षधरलाई सञ्चारमाध्यमले समेत असहयोग गर्ने गरेको उनको आरोप छ ।

प्रकाशित मिति २०८२ मंसिर ३ गते मंगलबार ०२:३९
हजुरको प्रतिक्रिया