काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नेता नेत्रविक्रम चन्दले निर्वाचनमा सहभागी हुनेगरी दल दर्ता गरेको बताएका छन् ।
निर्वाचन आयोगमा मंगलबार दल दर्ताको प्रमाणपत्र पाएपछि उनले निर्वाचनमा भाग लिने बताएका हुन् ।
उनले माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जाने बताए ।
नेपाली जनताको सुख, अधिकार, मुक्ति र देशको स्वाधिनताको लागि माओवादीले विभिन्न उत्तारचढावपूर्ण यात्रा तय गर्र्दै यहाँसम्म आएको उनको भनाई छ ।
उनले जनता नै इतिहासको निर्माता भएकोले जनताको माझमा जान लागेको बताए । सबै राजनितिक दलहरुको सहमतीमा निर्वाचन हुने पनि उनले उल्लेख गरे ।
ढिलोचाँडो निर्वाचन हुने बताउँदै उनले समाजवाद नै आएपनि निर्वाचन हुने जिकिर गरे ।
उनले भने,‘नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाली जनताको सुख, अधिकार, मुक्ति, हाम्रो देशको स्वाधिनताको लागी धेरै उताढतढापपुर्ण यात्रा तय गर्र्दै यहाँसम्म आएको छ । हामीले सामन्तवाद र विभिन्न खालका दमनकारी सत्ताको विरुद्धमा विद्रोह गरौँ । हामीले जनताको अधिकारको लागी विभिन्न खालका मोर्चाहरुमा संघर्ष ग¥यौँ र आज । नेकपा माओवादी नयाँ गुण, नयाँ सार्थत्व, नयाँ अठोट, नयाँ विश्वास, नयाँ अभियानसहित निर्वाचनमा जानेगरि दर्तामा सहभागी बनेका छौँ । यो एउटा नयाँ अभियान शुरु भएको छ ।’
निर्वाचन आयोगले मंगलवार विप्लव नेतृत्वको माओवादीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो । पार्टीको चुनाव चिन्ह भने गुलाव रहेको छ ।
प्रकाशित मिति २०८२ मंसिर ३ गते मंगलबार ०३:२४




