२०८३ असोज २५ गते आइतबार

नेशनल भोलेन्टियर फोर्सले देशको सुरक्षा गर्छः ओली

नेशनल भोलेन्टियर फोर्सले देशको सुरक्षा गर्छः ओली

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ६ गते शुक्रबार ०३:३९

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको नेशनल भोलेन्टियर फोर्सले एमालेप्रति विमती राख्नेहरुको पनि सुुरक्षा गर्ने बताएका छन् । शुक्रवार काठमाडौंमा नेशनल भोलेन्टियर...

काठमाण्डौ ।

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले घोषणा गरेको नेशनल भोलेन्टियर फोर्सले एमालेप्रति विमती राख्नेहरुको पनि सुुरक्षा गर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा नेशनल भोलेन्टियर फोर्स घोषणा कार्यक्रममा ओलीले राज्यका संयन्त्रले मात्रै मुलुक र जनताको जीउधनको सुरक्षा गर्न नसक्ने कुरा हालै भएको जेनजी आन्दोलनको क्रममा देख्नु, भोग्नु परेकाले एमालेले फोर्स पनर्माण गरेको जिकिर गरे । नेशनल भोलेन्टियर फोर्स राष्ट्रिय हितमा समर्पित हुने भएकाले यसबाट कोही पनि आत्तिनुनपर्ने ओलीको भनाई छ ।

उनले भने,‘यो राष्ट्रिय हितको लागि गठन भएको हो । एमालेप्रति विमति राख्ने अथवा खुदै यो संगठनप्रति असहमती राख्नेहरुको पनि जीउधनको रक्षा गर्ने, उसको अधिकारको रक्षा गर्ने काममा लागि यो गठन भएको हो । त्यसकारण यसको अस्तित्व र विकाससँग यसको मजदुतीसँग कोही पनि आत्तिनु पर्दैन । कोही पनि तर्सिनु पर्दैन । यो देशमा शान्ति सुव्यवस्था कायम गर्नका लागि स्थापना भएको हो । राज्यले मात्रै शान्ति सुरक्षा कायम गर्ने अवस्था हामीले देख्यौँ, भोग्यौं ।

राज्यको संयन्त्रले मात्रै राज्यको, जनताको जिउधनको, राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसक्ने भएपछि त्यसको सुरक्षाका लागि यसको स्थापना गरिएको हो ।’

साथै, ओलीले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन गराउने मनशाय समेत नरहेको दाबी गरे। ओलीले निर्वाचनयोग्य वातावरण नभएकाले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको उल्लेख गर्दै त्यसै गरेर एमालेले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्नुपरेको बताए ।

 

प्रकाशित मिति २०८२ मंसिर ६ गते शुक्रबार ०३:३९
हजुरको प्रतिक्रिया