२०८३ कात्तिक १० गते सोमबार

सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका बालबालिकाको निःशुल्क उपचार गर्ने

सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका बालबालिकाको निःशुल्क उपचार गर्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर ६ गते शुक्रबार ०६:५०

गएको वर्ष अस्पतालले १४२ जना बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उनले बताए ।

काठमाडौं ।

ठमाण्डौको सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ ।

अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए ।

गएको वर्ष अस्पतालले १४२ जना बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उनले बताए ।

अस्पतालका मेडिकल निर्देशक डा। सन्तोष भण्डारीले १८ वर्षमुनिका जलनका बिरामीलाई शल्यक्रिया, बेड, ड्रेसिङ, औषधिलगायत सेवा निःशुल्क उपलब्ध गराइने बताए ।

जलनका बिरामीलाई उपचार गराउने मुख्य लक्ष्यसहित सन् १९९७ मा स्थापना भएको अस्पतालले अहिलेसम्म पाँच लाखभन्दा धेरै जलनका बिरामीलाई उपचार प्रदान गरिसकेको जनाएको छ ।

प्रकाशित मिति २०८२ मंसिर ६ गते शुक्रबार ०६:५०
हजुरको प्रतिक्रिया