२०८३ साउन २१ गते बिहीबार

३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको तयारी पूरा

३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको तयारी पूरा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १६ गते सोमबार ०७:४३

उनका अनुसार मेलाको बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नेछन् ।

पोखरा ।

आउँदो बुधबारबाट पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा सुरु हुने ३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको तयारी पूरा भएको छ ।

आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले सोमबार मेला स्थलमा आयोजित पत्रकार सम्मेलनमा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् ।

उनका अनुसार मेलाको बुधबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नेछन् । अध्यक्ष कार्कीले जेन–जी आन्दोलनको क्रममा निजी क्षेत्रमाथि भएको आक्रमणपछि खल्बलिएको व्यावसायिक वातावरण पुनः पुरानै अवस्थामा फर्काउन, उद्योगी/व्यवसायीको मनोवल बढाउन तथा लगानीका नयाँ सम्भावनाको खोजी गर्र्नु मेलाको उद्देश्य बताए ।

उनले मेला आयोजना स्थल अर्थात् प्रदर्शनी केन्द्रमा खुला ठाउँ कम भए पनि संघको उत्साहमा कुनै कमी नभएको बताउँदै मेला ‘लगानीको सम्वद्र्धन र उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मान्यतामै टिकेर अगाडि बढ्ने बताए ।

त्यस्तै पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले यस क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट गराउने महान उत्सव भएको बताउँदै मेलाको अवसरमा यस क्षेत्रमा मौलिक संंस्कृति प्रदर्शन गर्ने जानकारी दिइन् ।

प्रकाशित मिति २०८२ मंसिर १६ गते सोमबार ०७:४३
हजुरको प्रतिक्रिया