२०८३ साउन २१ गते बिहीबार

अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम

अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १८ गते बुधबार ०७:४३

कार्यक्रम पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्माको अध्यक्षतामा भएको थियो ।

पोखरा ।

अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा पोखरामा प्रभातफेरीसहितको कार्यक्रम गरिएको छ ।

राष्ट्रिय अपांग महासंघ गण्डकी र पोखरा महानगरपालिकाद्वारा समावेशी समाजको प्रवद्र्धनः सामाजिक उन्नतिको संवद्र्धन’ भन्ने मूल नारा सहित कार्यक्रम गरिएको हो । पोखरा सभागृहमा भएको औपचारीक कार्यक्रममा अपांगताको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधि र अपांगता भएका व्यक्तिहरुको सहभागिता थियो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका उपमेयर मञ्जुुदेवी गुुरुङले महानगरले अपांगमैत्री वातावरण निर्माण गर्ने बताइन् । महानगरमा हुने विकास निर्माणदेखी नीति निर्माणमा अपांगता भएका व्यक्तीहरुको अधिकार सुनिश्चित गर्न महानगर प्रतिवद्ध रहेको उनको भनाई थियो । गुरुङले अपांगता भएकाहरुलाई हेर्ने व्यवहार, सोच र दृष्टिकोण परिर्वतन हुनुुपर्नेमा जोड दिँदै समाजले अपांगता भएका व्यक्तिलाई गर्ने ब्यवहारले धेरै प्रभाव पार्ने उल्लेख गरिन् ।

कार्यक्रम पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाका निर्देशक निर्मला शर्माको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा राष्ट्रिय अपांग महासंघ, गण्डकीका अध्यक्ष हेम गुरुङले अपांगता भएका व्यक्तीहरुको अधिकार विगतमा भन्दा सवल भए पनि सामाजले हेर्ने नजर अझै सकारात्मक बन्न नसकेको बताए । कार्यक्रममा अपांगता भएका व्यक्तीहरुले विविध कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति २०८२ मंसिर १८ गते बुधबार ०७:४३

हजुरको प्रतिक्रिया