२०८३ कात्तिक १० गते सोमबार

सौराहामा होटलको छतबाट खसेर १८ वर्षीया युवतीको मृत्यु

सौराहामा होटलको छतबाट खसेर १८ वर्षीया युवतीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ मंसिर १९ गते बिहीबार ०९:३४

चितवन । चितवनमा सौराहामा होटलको छतबाट खसेर १८ वर्षीया युवतीको मृत्यु भएको छ। गएराति करिब सबा ११ बजे रत्ननगर नगरपालिका–६ सौराहास्थित होटल पार्क साइटको छतबाट खसेर उनको मृत्यु भएको हो। चारतलामाथि छतबाट खसेर ज्यान गुमाउने युवती...

चितवन ।
चितवनमा सौराहामा होटलको छतबाट खसेर १८ वर्षीया युवतीको मृत्यु भएको छ।

गएराति करिब सबा ११ बजे रत्ननगर नगरपालिका–६ सौराहास्थित होटल पार्क साइटको छतबाट खसेर उनको मृत्यु भएको हो।

चारतलामाथि छतबाट खसेर ज्यान गुमाउने युवती सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १८ वर्षीया स्नेहा पाख्रिन रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार गम्भीर घाइते पाख्रिनको उपचारका क्रममा बकुलहर अस्पताल, टाँडीमा मृत्यु भएको हो।

उनी घुम्नको लागि सौराहा गएकी थिइन्।

उनको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति २०८२ मंसिर १९ गते बिहीबार ०९:३४
हजुरको प्रतिक्रिया