२०८३ असोज २३ गते शुक्रबार

एमाले कास्कीका कार्यवाहक अध्यक्ष गुरूङ

एमाले कास्कीका कार्यवाहक अध्यक्ष गुरूङ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २ गते शुक्रबार ०३:४३

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीको कार्यवाहक अध्यक्षको जिम्मेवारी मनबहादुर गुरुङले पाएका छन् । निवर्तमान अध्यक्ष कृष्णबहादुर थापा पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य निर्वाचित भएपछि उपाध्यक्ष...

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीको कार्यवाहक अध्यक्षको जिम्मेवारी मनबहादुर गुरुङले पाएका छन् ।

निवर्तमान अध्यक्ष कृष्णबहादुर थापा पार्टीको दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रिय सदस्य निर्वाचित भएपछि उपाध्यक्ष गुरुङलाई कार्यवाहकको जिम्मा दिइएको हो । गुरुङ गण्डकी प्रदेश सभा सदस्य हुन् ।

थापाले शुक्रबार गुरुङलाई कार्यवाहकको जिम्मेवारी सुम्पिँदै पदास्थापना गराएका छन् । कार्यवाहकको जिम्मा पाएपछि बोल्दै गुरुङले जनसेवामा गुनासो नआउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नयाँ समिति छान्न आउँदो पुस २३ गते जिल्ला अधिवेशन हुँदैछ । हालका सचिव भएकाले दामोदर वैरागी अध्यक्ष बन्ने चर्चा छ ।

प्रकाशित मिति २०७८ पुस २ गते शुक्रबार ०३:४३
हजुरको प्रतिक्रिया