२०८३ साउन २१ गते बिहीबार

समाजवादी प्रेस संगठनको विशेष भेला पुस ५ गते हुने

समाजवादी प्रेस संगठनको विशेष भेला पुस ५ गते हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ३ गते शनिबार १०:३७

नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालले पुस ५ गते काठमाडौंमा विशेष भेला गर्ने भएको छ । भेलामा करीब ५०० जना सहभागी हुनेछन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने भेलामा गठबन्धनका शीर्ष नेताहरूले...

नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालले पुस ५ गते काठमाडौंमा विशेष भेला गर्ने भएको छ । भेलामा करीब ५०० जना सहभागी हुनेछन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने भेलामा गठबन्धनका शीर्ष नेताहरूले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको खतरा भन्ने विषयमा छलफल गर्नेछन् ।

संगठनका अध्यक्ष शम्भु श्रेष्ठले विभिन्न समयमा देशमा भएका आन्दोलनबाट प्राप्त अहिलेको व्यवस्थालाई संकुचित गरी जनताका अधिकारलाई कटौती गर्न अब कसैले पनि नसक्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

गत वर्ष पुस ५ गते तत्कालीन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन भएको दिनलाई प्रतिकात्मक रूपमा मानेर संगठनले देशभरका कमिटीलाई उक्त दिन विरोधस्वरूप जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति २०७८ पुस ३ गते शनिबार १०:३७
हजुरको प्रतिक्रिया