२०८३ साउन २१ गते बिहीबार

चलचित्र विकास बोर्डलाई कार्यकारी अधिकारसहित स्वायत्तता दिइन्छः मन्त्री खरेल

चलचित्र विकास बोर्डलाई कार्यकारी अधिकारसहित स्वायत्तता दिइन्छः मन्त्री खरेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १६ गते बुधबार ०२:५७

उनले चलचित्र विकास बोर्डका अध्यक्षलाई आर्थिक तथा प्रशासनिक रूपमा कार्यकारी अधिकारसहित जिम्मेवारी दिने व्यवस्था विधेयकमा राखिएको भन्दै बोर्डलाई प्रदान गरिने स्वायत्ततामा कुनै समस्या नरेहको बताए ।

पोखरा ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डका पदाधिकारीको कार्यअवधी जति धेरै राख्यो त्यति नै प्रभावकारी काम गर्न सकिने बताएका छन् ।

बुधबार विधायन व्यवस्थापन समितिको बैठकमा चलचित्र विधेयकमाथिको दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खरेलले यस्तो बताएका हुन् ।

उनले बोर्डका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाएर प्रक्रिया अघि बढाउँदा निष्पक्षता कायम हुने भन्दै उक्त व्यवस्था राख्ने प्रश्ताव गरे ।

उनले चलचित्र विकास बोर्डका अध्यक्षलाई आर्थिक तथा प्रशासनिक रूपमा कार्यकारी अधिकारसहित जिम्मेवारी दिने व्यवस्था विधेयकमा राखिएको भन्दै बोर्डलाई प्रदान गरिने स्वायत्ततामा कुनै समस्या नरेहको बताए ।

उनले विधेयकमा चलचित्रसम्बन्धी विधा र क्षेत्र स्पष्ट रूपमा विधेयकमा समेट्न सकेमात्र चलचित्र उद्योगलाई थप व्यवसायिक बनाउन सकिने बताए ।

उनले कलाकारिता बहुआयामिक क्षेत्र भएको भन्दै विधेयकमा कलाकारिताको सट्टा चलचित्र कलाकारिता राखेर जानुपर्ने प्रश्ताव पनि गरे ।

उनले, ‘चलचित्र विकास बोर्डका पदाधिकारीहरुलाई अलि लामो समय अवधि दियो काम गर्न पनि सजिलो होला । बोर्ठको सदस्यहरु नियुक्तिका लागि सिफारिस समिति बनाएर गयौँ भने यो फेयर हुन्छ । र बोर्डको अध्यक्ष चाहीँ आर्थिक र प्रशासनिक हिसावले नै कार्यकारी हिसावले अधिकारयुक्त हुने भएको कारणले बोर्डलाई दिने स्वायत्तताका सम्बन्धमा अब थप समस्या नहोला र बोर्डले चाहेको हिसावले काम गर्न सक्ला भन्ने नै हो । अर्को कुरा चलचित्रसम्बन्धी विधा र स्ल्यास क्षेत्र राख्यो भनेदेखि सबै कुराहरु त्यसमा समावेश गर्न सकिन्छ । चलचित्रसम्बन्धी विधा र क्षेत्र जोड्यो भनेदेखि चाहीँ सबै कुराहरु त्यसमा पर्नसक्छ । तर अरु कुराहरु उल्लेख नगरिकन जानुपर्ला । अगाडिको बुँदामा पनि बाँकी कुराहरु आउलान् ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले चलचित्र उद्योगलाई समाज र मुलुकको प्रतिनिधित्व गराउनेगरी विधेयकलाई समृद्ध बनाउनुपर्ने धारणा राखेका छन् ।

प्रकाशित मिति २०८२ पुस १६ गते बुधबार ०२:५७
हजुरको प्रतिक्रिया