२०८३ असोज २४ गते शनिबार

मुक्तिनाथ विकास बैंकको २०औँ वार्षिकोत्सवमा रक्तदानबाट १ सय ७५ युनिट रगत संकलन

मुक्तिनाथ विकास बैंकको २०औँ वार्षिकोत्सवमा रक्तदानबाट १ सय ७५ युनिट रगत संकलन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ पुस १९ गते शनिबार ०३:३३

बैंक गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले हरेक वर्ष यस्ता कार्यक्रमहरू गर्दै आएको छ ।

पोखरा ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा पोखरामा आयोजना गरेको खुला रक्तदान कार्यक्रमबाट १ सय ७५ युनिट रगत संकलन भएको छ ।

बैंकका पूर्व अध्यक्ष्य एंव वर्तमान गण्डकी प्रदेश सभा सदस्य मिनप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कर्मचारी, शेयरधनी तथा रक्तदाताहरु सहभागी थिए ।

बैंक गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले हरेक वर्ष यस्ता कार्यक्रमहरू गर्दै आएको छ ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीलगायतले रक्तदानको महत्वबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

कार्यक्रमकै अवसरमा कला प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो ।

सन् २०५० सम्म नेपाल कस्तो होला भन्ने शीर्षकमा आयोजित आर्ट प्रतियोगितामा गण्डकी प्रदेशबाट ५४ विद्यालयका ८० जना विद्यार्थीले भाग लिएकोमा प्रथम स्थान हासिल गरेका चिल्डे«न लाइफ बोडिङ स्कुल बाग्लुङ्का सम्भव श्रेष्ठलाई १० हजार सहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो ।

प्रकाशित मिति २०८२ पुस १९ गते शनिबार ०३:३३
हजुरको प्रतिक्रिया