पोखरा ।
रानाभाट\भाट समाज नेपाल वाग्मती प्रदेश कार्य समितिको १२ औं साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ ।
छैठौं अधिवेशनबाट सन्तोष रानाभाटको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ ।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सन्तोष रानाभाट, वरिष्ठ उपाध्यक्षमा बलराम रानाभाट, उपाध्यक्ष झोक बहादुर रानाभाट, उपाध्यक्षमै प्रल्हाद रानाभाट, सचिव संजित कुमार पतनी भाट, सह – सचिव कमला रानाभाट, कोषाध्यक्षमा मिना रानाभाट, सदस्यहरुमा प्रदिप रानाभाट, निराज रानाभाट र मिना पन्थी रानाभाट निर्वाचित भएका छन् भने सह–कोषाध्यक्ष र केही सदस्यहरु नयाँ कार्य समितिको बैठक बसेर थप गर्ने जनाइएको छ ।
नयाँ निर्वाचित पदाधिकारीहरुलाई तारा बहादुर रानाभाटले सपथ ग्रहण गराएका थिए भने हरि रानाभाटले प्रमाण–पत्र वितरण गरेका थिए ।

काठमाडौंको बालाजुमा भएको साधारण सभाको उद्घाटन रानाभाट\भाट समाज नेपाल केन्द्रीय कार्य समितिका अध्यक्ष बाबुराम रानाभाटले गरेका थिए ।
त्यसैगरी, उक्त साधारण सभामा काठमाडौं जिल्ला कार्य समितिका पूर्व अध्यक्ष रेशम रानाभाटलाई ‘उत्कृष्ट अध्यक्ष’ विधा, वाग्मती कार्य समितिकी सदस्य सिता रानाभाटलाई ‘उत्कृष्ट पदाधिकारी’ विधामा सम्मान गरिएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु र कार्य समितिका सम्पूर्ण पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
साधारण सभाको समापन सभापति कृष्ण रानाभाटले गरेका थिए भने गणेश रानाभाटले कार्यक्रम संचालन गरेको थिए ।
कार्यक्रममा प्रमुख आतिथ्य रानाभाट\भाट समाज नेपाल केन्द्रीय कार्य समितिका अध्यक्ष बाबुराम रानाभाट,समाजको केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष हरि बहादुर रानाभाट र केन्द्रीय कोषाध्यक्ष तारा बहादुर रानाभाट लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै, अतिथिहरुमा वाग्मती कार्य समितिकी संस्थापक अध्यक्ष पदमा रानाभाट, वाग्मती कार्य समितिकी सल्लाहकार ओम कुमारी रानाभाट (बञ्जारा), शिवलाल रानाभाट, राजु रानाभाट, केन्द्रीय पूर्व कोषाध्यक्षहरु बालचन्द्र रानाभाट, सुरेन्द्र रानाभाट, चितवन जिल्ला कार्य समितिका निवर्तमान अध्यक्ष राजु रानाभाट, काठमाडौं जिल्ला कार्य समितिका पूर्व अध्यक्ष रेशम रानाभाटलगायतको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा वाग्मती कार्य समितिकी संस्थापक अध्यक्ष पदमा रानाभाट, वाग्मती कार्य समितिकी सल्लाहकार ओम कुमारी रानाभाट (बञ्जारा), शिवलाल रानाभाट, राजु रानाभाट, केन्द्रीय पूर्व कोषाध्यक्षहरु बालचन्द्र रानाभाट, सुरेन्द्र रानाभाट, चितवन जिल्ला कार्य समितिका निवर्तमान अध्यक्ष राजु रानाभाट, काठमाडौं जिल्ला कार्य समितिका पूर्व अध्यक्ष रेशम रानाभाट, केन्द्रीय कार्य समितिका वरिष्ठ उपाध्यक्ष हरि बहादुर रानाभाट र केन्द्रीय कोषाध्यक्ष तारा बहादुर रानाभाट र केन्द्रीय अध्यक्ष बाबुराम रानाभाटले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
‘हाम्रो प्रतिबद्धता, सामाजिक सद्भाव एवं भाटबन्धुहरुबीच एकता’ भन्ने नारासहित रानाभाट\भाट समाज नेपालको स्थापना वि.स. २०४९ सालमा भएको हो ।





