२०८३ साउन २१ गते बिहीबार

पोखरा–३१ सुन्दरीडाँडामा माघ ७ गते कृषि जैविक विविधता मेला हुने

पोखरा–३१ सुन्दरीडाँडामा माघ ७ गते कृषि जैविक विविधता मेला हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ ३ गते शुक्रबार ०४:४९

मेलामा रैथाने बीउबिजन, परम्परागत कृषि प्रविधि, सांस्कृतिक झाँकी तथा जैविक विविधता गीत प्रतियोगिता जस्ता आकर्षक कार्यक्रम समावेश गरिने आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रमअन्तर्गत २७ वटा स्टल रहनेछन् भने महानगरभरिका कृषि वडा सञ्जालहरूको सक्रिय सहभागिता रहनेछ ।

पोखरा ।

चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा यही माघ ७ गते पोखरा महानगरपालिका वडा नं. ३१, सुन्दरीडाँडामा कृषि जैविक विविधता मेला आयोजना हुने भएको छ ।

‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवद्र्धनमा युवा सहभागिता’ भन्ने मूल नाराका साथ मेला आयोजना हुन लागेको हो ।

यो मेला पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाको आयोजना तथा जैविक स्रोत संरक्षण अभियानको व्यवस्थापनमा सञ्चालन हुनेछ ।

मेलामा ली–वर्ड पोखरा र वडास्तरीय कृषि सञ्जालको संयुक्त साझेदारी रहेको छ ।

मेलामा रैथाने बीउबिजन, परम्परागत कृषि प्रविधि, सांस्कृतिक झाँकी तथा जैविक विविधता गीत प्रतियोगिता जस्ता आकर्षक कार्यक्रम समावेश गरिने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रमअन्तर्गत २७ वटा स्टल रहनेछन् भने महानगरभरिका कृषि वडा सञ्जालहरूको सक्रिय सहभागिता रहनेछ ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले रैथाने कृषि, स्थानीय बीउबिजन तथा जैविक विविधताको संरक्षण आर्थिक विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको उल्लेख गर्दै महानगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्दै आएको बताए ।

त्यस्तै, ली–वर्ड पोखराका कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेलले समुदायमा आधारित जैविक विविधता संरक्षण तथा परम्परागत ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता मेला प्रभावकारी हुने धारणा व्यक्त गरे ।

जैविक स्रोत संरक्षण अभियानका लेखनाथ ढकालले मेलाबाट कृषि जैविक विविधता तथा रैथाने बीउबिजनको संरक्षण र व्यवसायीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास उनको छ ।

वडा नं. ३१ का कृषि सञ्जाल संयोजक केशवराज तिवारीले महानगरभरिका किसानहरूको साझा कार्यक्रम भएकाले किसानहरूलाई आफ्नो घरमा भएका रैथाने बीउदेखि उत्पादनसम्म लिएर मेलामा उपस्थित हुन आग्रह गरे ।

प्रकाशित मिति २०८२ माघ ३ गते शुक्रबार ०४:४९
हजुरको प्रतिक्रिया