२०८३ साउन २१ गते बिहीबार

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ५ गते सोमबार १०:५०

पोखरा । देशभर आज (मंगलबार) बदली रही थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। अहिले बिहान पहाडी भू-भागहरूमा आंशिक...

पोखरा । देशभर आज (मंगलबार) बदली रही थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव रहेको छैन। अहिले बिहान पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ।

मंगलबार दिउँसो प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

यस्तै, राती प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति २०७८ पुस ५ गते सोमबार १०:५०
हजुरको प्रतिक्रिया