२०८३ साउन २१ गते बिहीबार

रास्वपाका उम्मेदवार रोकाले गरे महावीरलाई सर्मथन

रास्वपाका उम्मेदवार रोकाले गरे महावीरलाई सर्मथन

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ माघ ११ गते शनिबार १२:२९

शुक्रबार मनोनयन दर्ता फिर्ताको समयमै नपुग्दा उम्मेदवारी फिर्ता नभएपछि आज सदरमुकाम बेनीबजारस्थित चौतारीमा आयोजित पत्रकार सम्मेलनमै पुगेर जिल्ला सभापतिले आफ्नो सर्मथन रहेको बताए ।

म्याग्दी ।

म्याग्दीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार युवराज रोकाले आफ्नो समर्थन महावीर पुनलाई रहेको घोषणा गरेका छन् ।

शनिबार म्याग्दीको वीरेन्द्रचोकमा स्वतन्त्र उमेदवार महावीर पुनले आयोजना गरेको पत्रकार सम्मेलनमा पुगेर रोकाले आफ्नो समर्थन पुनलाई रहेको बताए ।

शुक्रबार मनोनयन दर्ता फिर्ताको समयमै नपुग्दा उम्मेदवारी फिर्ता नभएपछि आज सदरमुकाम बेनीबजारस्थित चौतारीमा आयोजित पत्रकार सम्मेलनमै पुगेर जिल्ला सभापतिले आफ्नो सर्मथन रहेको बताए ।

उम्मेदवार रोकाले सर्मथन गरेपनि मतपत्रमा भने घण्टी चिन्ह कायमै रहन्छ । स्वतन्त्र उम्मेदवार पुन त्रिभुज चुनाव चिह्नबाट निर्वाचनमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यसअगाडी समेत आफ्नो चुनाव चिन्हबाट निर्वाचनमा सहभागि हुन गरेको प्रस्तावलाई स्वतन्त्रउम्मेदवार पुनले अस्वीकार गरेका थिए ।
रास्वपाले सर्मथन मौखिक गरेपनि हालसम्म लिखित गरेको छैन ।

प्रकाशित मिति २०८२ माघ ११ गते शनिबार १२:२९
हजुरको प्रतिक्रिया