२०८३ असोज २३ गते शुक्रबार

माघ दोस्रो सातादेखि लेखनाथ महोत्सव

माघ दोस्रो सातादेखि लेखनाथ महोत्सव

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ५ गते सोमबार ०२:०५

आगामी माघ १३ देखि २४ सम्म १७ औं लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको सयुक्त आयोजनामा लेखनाथ डाँडाको नाकमा १७ औं संस्करणको लेखनाथ महोत्सव हुने भएको हो । संघका अध्यक्ष छत्रधर आत्रेयका...

आगामी माघ १३ देखि २४ सम्म १७ औं लेखनाथ महोत्सव हुने भएको छ । लेखनाथ उद्योग वणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको सयुक्त आयोजनामा लेखनाथ डाँडाको नाकमा १७ औं संस्करणको लेखनाथ महोत्सव हुने भएको हो । संघका अध्यक्ष छत्रधर आत्रेयका अनुसार स्थानीय उत्पादनलाई प्राथमिकता दिइने गरी महोत्सवमा ३ सयवटा स्टल रहने छन् । स्टलमा संघका सदस्यहरुले १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।

२ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा १० करोड रूपैयाँ बराबरको कारोबार संघका द्वितीय उपाध्यक्ष एवं प्रचारप्रसार उपसमिति संयोजक गोपिचन्द्र बास्तोलाले बताए । उनका अनुसार करिब १ करोड ५ लाख आम्दानी हुने र करिब ९० लाख खर्च हुने अनुमान गरिएको छ

महोत्सवमा ख्याती प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुती, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, युवाहरुको इच्छालाई लक्षित गर्दै लाइभ म्युजिक कन्सट साथै खेलकुद कार्यक्रम रहेको उनले बताए । यस्तै आदिबासी जनजाति तथा आमारमहिला समुहहरुको आफ्नो झाँकीर्याली तथा भेषभुषा प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी , विद्यालय स्तरिय कार्यक्रम समेत महोत्सवमा हुनेछ ।

प्रकाशित मिति २०७८ पुस ५ गते सोमबार ०२:०५
हजुरको प्रतिक्रिया