२०८३ साउन २१ गते बिहीबार

सरकार स्वास्थ्य क्षेत्रबाट भाग्न मिल्दैनः प्रदीप पौडेल

सरकार स्वास्थ्य क्षेत्रबाट भाग्न मिल्दैनः प्रदीप पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १८ गते शनिबार ०१:०२

हाल स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेको छ । सेवा प्रदायक अस्पतालहरूले वक्यौता भुक्तानी नभएको भन्दै सेवा बन्द गर्ने घोषणा गरेका छन् । शिक्षण अस्पताल लगायतका ठूला अस्पतालहरूमा बीमा सेवा प्रभावित भएको खबरहरू आएका छन् ।

पोखरा ।

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताहरुसँगको भेटपछि महामन्त्री पौडेलले आफ्नो कार्यकालमा स्वास्थ्य बीमालाई उच्च प्राथमिकता दिएको स्मरण गर्दै हाल केही स्थानमा बीमा सेवा बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।

उनले सरकारले स्वास्थ्य सेवा दिन नसक्ने अवस्था आएमा वैकल्पिक स्रोत जुटाउने स्पष्ट खाका आफूहरूले पहिल्यै प्रश्तुत गरेको बताए ।

पूर्वप्रधानमन्त्रीलाई पटक–पटक आग्रह गर्दा पनि उक्त योजना पूरा हुन नसकेको उल्लेख गर्दै उनले पछिल्ला सरकारहरूले पनि बीमा कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

हाल स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटमा परेको छ । सेवा प्रदायक अस्पतालहरूले वक्यौता भुक्तानी नभएको भन्दै सेवा बन्द गर्ने घोषणा गरेका छन् । शिक्षण अस्पताल लगायतका ठूला अस्पतालहरूमा बीमा सेवा प्रभावित भएको खबरहरू आएका छन् ।

मन्त्री पौडेलले आफ्नो कार्यकालमा बीमाको सुविधा बढाउने (१ लाखबाट ५ लाखसम्म पु¥याउने प्रश्ताव) र योगदानमा आधारित प्रणाली लागू गर्ने प्रयास गरे पनि हालको अवस्थामा कार्यक्रम नै जोखिममा परेको उल्लेख गरे ।

उनले सरकार स्वास्थ्य क्षेत्रबाट भाग्न नमिल्ने प्रष्ट पारे ।

उनले भने, ‘मैले सबैभन्दा बढी प्राथमिकता बीमाको विषयमा दिएको हो । म आफू हुँदा जसरी पनि बीमा भएको थियो । अहिले बीमा कतिपय स्थानमा बन्द भएको सुन्दैछु । सरकार स्वास्थ्य क्षेत्रबाट त्यसरी भाग्न मिल्दैन । हामीले सरकारले दिन सक्दैन भने कहाँबाट रकम आउँछ, श्रोत जुट्नसक्छ त्यसको स्पष्ट खाका प्रश्तुत गरिसकेका छौँ । त्यही बेलाको सरकारका आदरणीय, सम्माननीय प्रधानमन्त्रीज्युलाई धेरै पटक भन्दा पनि त्यो काम हुन्छ भन्दा भन्दै पूरा हुन सकेन । पछिल्ला सरकारले पनि बीमको त्यो विषयलाई कार्यान्वयन गर्नुपर्छ । त्यो विषय कार्यान्वयन भएन भने सरकारले स्वास्थ्य क्षेत्रमा नागरिकलाई कुनै सेवा दिन सक्दैन । स्वास्थ्यको दायित्व राज्यले वहन गरेको महशुस हुन सक्दैन ।’

महामन्त्री पौडेलले ढलको क्षमता अभिवृद्धि गर्न पनि आफू लागिपर्ने बताए । आफूले काम गरेन भनेर भन्न मिल्ने स्थिति नरहेको पनि उनको भनाइ थियो ।

प्रकाशित मिति २०८२ माघ १८ गते शनिबार ०१:०२
हजुरको प्रतिक्रिया