२०८३ साउन २१ गते बिहीबार

नेपाल आदिवासी ज्ञान सम्मेलन हुँदै

नेपाल आदिवासी ज्ञान सम्मेलन हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ २० गते सोमबार ०२:५७

उनकाअनुसार प्रतिष्ठानले रजत जयन्तीलाई माघ २५ देखि २७ सम्म ज्ञान सम्मेलन सांस्कृतिक तथा खाना महोत्सवको आयोजना गरी मनाउने बताए ।

पोखरा ।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले पहिलो पटक नेपाल आदिवासी ज्ञान सम्मेलन, २०८२ को आयोजना गर्ने भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठानले यसबारे जानकारी गराएको हो ।

महोत्सवले आदिवासी समुदाय, श्रोत, वर्ग, नीति निर्मातालाई एकै थलोमा ल्याइ आदिवासी ज्ञानको आदानप्रदान गर्ने उद्देश्य राखेको प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बताए ।

उनकाअनुसार प्रतिष्ठानले रजत जयन्तीलाई माघ २५ देखि २७ सम्म ज्ञान सम्मेलन सांस्कृतिक तथा खाना महोत्सवको आयोजना गरी मनाउने बताए ।

सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुहुने उनले जानकारी दिए । ज्ञानको आदानप्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण भन्ने मूल नारासहित प्रतिष्ठान स्थापना भएको २५ औं वर्षको उपलक्ष्यमा रजत जयन्ती मनाउन लागेको उनले बताए ।

पुस्तौंदेखि अभ्यासमा रहेका ज्ञानको संरक्षण र पुस्तान्तरण गर्ने अभियानका रुपमा प्रतिष्ठानले पहिलो पटक नेपाल आदिवासी ज्ञान सम्मेलन, २०८२ आयोजना गर्न लागेको हो ।

ज्ञान सम्मेलनको दोस्रो दिन आदिवासी परम्परा, प्रणालीलाई व्यापकीकरण गर्न आवश्यक कार्यक्रमहरु आयोजना हुने उनले बताए ।

आदिवासी ज्ञान प्रणाली परम्परा मात्रै नभइ सांस्कृतिक पहिचान, वातावरणीय संरक्षण र दिगो विकासका आधारस्तम्भ भएको उनको भनाइ छ ।

प्रकाशित मिति २०८२ माघ २० गते सोमबार ०२:५७
हजुरको प्रतिक्रिया