२०८३ कात्तिक ११ गते मंगलबार

वर्ल्डलिंकसँग अनलाइन पत्रकार संघ गण्डकीको सहकार्य, इन्टरनेट जडान सम्झौता

वर्ल्डलिंकसँग अनलाइन पत्रकार संघ गण्डकीको सहकार्य, इन्टरनेट जडान सम्झौता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ६ गते मंगलबार ०१:१९

पोखरा । वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेड र अनलाइन पत्रकार संघ गण्डकीले सहकार्य गर्ने भएको छ । उनीहरुबीच निशुल्क इन्टरनेट जडान सम्झौता भएको हो । सोमबार सम्झौता पत्रमा वल्र्डलिंकको तर्फबाट गण्डकी प्रदेशका क्षेत्रीय बजार अधिकृत...

पोखरा । वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेड र अनलाइन पत्रकार संघ गण्डकीले सहकार्य गर्ने भएको छ । उनीहरुबीच निशुल्क इन्टरनेट जडान सम्झौता भएको हो । सोमबार सम्झौता पत्रमा वल्र्डलिंकको तर्फबाट गण्डकी प्रदेशका क्षेत्रीय बजार अधिकृत हेम गुरुङ र अनलाइन पत्रकार संघ गण्डकी प्रदेशको तर्फबाट अध्यक्ष कमल सुवेदीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा अनलाइन पत्रकार संघ गण्डकी मार्फत आएका अनलाइन पोर्टलहरुलाई वर्ल्डलिंकले इन्टरनेट जडान सुविधा निशुल्क रुपमा उपलब्ध गराउने उल्लेख गरिएको छ । निशुल्क इन्टरनेट उपलब्ध गराएबापत अनलाइन मिडियाहरुले वल्र्डलिंकको प्रचारात्मक सामाग्री प्रकाशन गर्नुपर्ने सम्झौतामा बताइएको छ ।

वल्र्डलिंकका गण्डकी प्रदेश क्षेत्रीय बजार अधिकृत हेम गुरुङले मिडियासँग साझेदारी गर्दै आगामी कार्यक्रम तय गरिने जानकारी गराए । उनले पोखरा लगायत गण्डकी प्रदेश भित्र दर्ता भएका अनलाइन पोर्टलहरुलाई वल्र्डलिंकले निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउने बताए । मिडियाका लागि इन्टरनेट र इन्टरनेटका लागि मिडिया भन्ने अभिप्रायले आफुहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत सो कार्य गरिरहेको भनाई उनको छ ।

अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष कमल सुवेदीले पहिलो चरणमा पोखराबाट संचालित ३० वटा अनलाइन पोर्टलहरुलाई वल्र्डलिंकले निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराएको बताए । ‘हामीले पहिलो चरणमा पोखराबाट संचालित भएका ३० वटा अनलाइन पोर्टलहरुलाई इन्टरनेट सुविधा उपलब्ध गराउने गरी सम्झौता गरेका छांै, उनले भने, ‘वर्ल्डलिंकसँग प्रदेशका अन्य जिल्लाबाट संचालित भएका अनलाइनहरुलाई पनि इन्टरनेट उपलब्ध गराइनेछ ।’

सुवेदीले वल्र्डलिंक मार्फत प्राप्त निशुल्क इन्टरनेटका कारण खर्चमा कटौती हुने बताए । सो सम्झौता स्पेक्स् फोर्टीनको समन्वयमा गरिएको हो । स्पेक्स् फोर्टीनले पोखरा केन्द्रीत रहेर विज्ञापन एजेन्सी लगायत इभेण्ट म्यानेजमेण्टको काम गर्दै आएको छ ।

प्रकाशित मिति २०७८ पुस ६ गते मंगलबार ०१:१९
हजुरको प्रतिक्रिया