के छ पाैडेलको सरुवा कनेक्सन ?
पोखरा । पोखरा महानगरपालिका कार्यालयका लेखा नियन्त्रक, उपसचिव जयराम पौडेललाई ३ महिने काजमा खटाएकोप्रति नेपाली कांग्रेस कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पाैडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा नै कामकाज गर्ने गरि ३ महिने काजमा बोलाएको हो ।
कास्की कांग्रेसले महानगरपालिकालाई भ्रष्टाचारको अखडा बनाउनका लागि इमान्दार कर्मचारीहरुलाई राजनैतिक पूर्वाग्रह राखेर गरिएको सरुवा निन्दनीय भएकोले तत्काल सच्याउन माग गरेको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीले विज्ञप्ति प्रकाशित गरी महानगरपालिका भित्रको अनियमितता छानविन नगरिएको भन्दै आपत्ति जनाएका छन् ।
महानगरमा पछिल्लो समय महानगरका प्रमुख मान बहादुर जिसीसंगै मतभिन्नता राख्ने गरि काम गरेका कारण जयराम पाैडेलको सरुवा भएको हुनसक्ने बताइए पनि पाैडेलले अस्थायी व्यवस्थापन गरि पाउँ भनि यस अघी नै मन्त्रालयमा आफैले निवेदन दिएको बुझिन आएको छ । सरुवा अघि पाैडेलले महानगरको कार्यशैली प्रति आफ्नाो फरकमतलाई सामाजिक सञ्जालहरुमा पोख्ने गरेका थिए ।

विज्ञप्तिमा महानगरपालिकाका बेथिति र अनियमितताका बारेमा कास्की कांग्रेसले पटक पटक ध्यानाकर्षण गराउँदै आएको भन्दै उनले आजसम्म कुनै कार्यान्वयन हुन नसक्नु दुर्भाग्यपूर्ण भएको उल्लेख छ ।
विज्ञप्तिमा महानगरपालिका भित्रका बेथिति बारे कांग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षले उठाएका १६ बुँदे विषयहरुप्रति गम्भीर नबन्नु, विभिन्न सामाजिक तथा नागरिक समाजसँग सम्बन्धित संघ संस्था र राजनैतिक दलहरुको रचनात्मक र सकारात्मक ध्यानाकर्षणलाई पूर्ण रुपमा बेवास्ता गरिनु दुःखद् भनिएको छ ।
जयरामकाे सरुवा र महानगरका पछिल्ला घटनाक्रमको कनेक्सन
– बैंक ग्यारेन्टी बुझाउनका लागि सो विषयसंग सम्बन्धित राजस्व शाखाले राजि कन्ट्रक्सनलाई पत्रचार नगरेकाे




