२०८३ साउन २१ गते बिहीबार

निर्वाचन सामाग्री लिएर कर्मचारी म्याग्दीका मतदान केन्द्रमा खटिदैं

निर्वाचन सामाग्री लिएर कर्मचारी म्याग्दीका मतदान केन्द्रमा खटिदैं

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ फागुन १७ गते आइतबार १२:४४

पोखरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतपत्र बाहेकका ५२ प्रकारका निर्वाचन सामग्री सहित कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाएको छ । जिल्ला निर्वाचन अधिकारी बिलमप्रसाद...

पोखरा ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय म्याग्दीले मतपत्र बाहेकका ५२ प्रकारका निर्वाचन सामग्री सहित कर्मचारीहरुलाई मतदान केन्द्रमा खटाएको छ ।

जिल्ला निर्वाचन अधिकारी बिलमप्रसाद गौतमले मतदान अधिकृत सहित सम्पूर्ण कर्मचारी सामाग्री सहित फागुन १८ गतेसम्म मतदान केन्द्रमा पुग्नुपर्ने बताए ।

जिल्लाका ६ वटै स्थानीय तहमा रहेका मतदान केन्द्रलाई आवश्यक निर्वाचन साम्रागी हस्तान्तरण भइरहेको उनले जानकारी दिए ।

‘मतपत्रबाहेक सबै सामान हस्तान्तरण गरिएको छ, मतदानस्थलमा पुगेपछि गर्नुपर्ने कामहरुका बारेमा समेत जानकारी गराइएको छ’ निर्वाचन अधिकारी गौतमले भने ।

म्याग्दीमा ८२ वटा मतदानस्थलमा एक सय २० मतदान केन्द्र कायम गरिएको छ ।

त्यस्तै जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुका लागि कारागारमा एउटा र कर्मचारीहरुका लागि कर्मचारी मिलन केन्द्रमा दुई वटा अस्थायी मतदान स्थल कायम गरिएको छ ।

जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर वर्गीकरण गरेको छ।

म्याग्दीमा कुल ८६ हजार तीन सय ९७ मतदाता रहेका छन् ।

निर्वाचन सम्पन्न गराउन मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारी तथा स्वयंसेवक गरी कुल १ हजार ७४ जना कर्मचारी परिचालन गरिनेछ। यसबाहेक सुरक्षाकर्मी र अनुगमनकर्ताहरू पनि खटिनेछन् ।

निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण तथा निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक समन्वय भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०८२ फागुन १७ गते आइतबार १२:४४
हजुरको प्रतिक्रिया