२०८३ साउन २१ गते बिहीबार

फेवातालमा किनारमा महानगरलाई अटेर गर्दै बने संरचना (हेर्नुस् तस्बिर )

फेवातालमा किनारमा महानगरलाई अटेर गर्दै बने संरचना (हेर्नुस् तस्बिर )

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ८ गते बिहीबार १०:४१

पोखरा । पटकपटक पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काउँदै आएको फेवा किनारमा संरचना निर्माणको काम रोकिएको छैन । करिब ६ महिना अगाडी व्यबसायीले संरचना बनाउने र महानगरपालिकाले डोजर चलाउने गरेर चर्चामा आएको पोखरा १८ स्थित खपौदी फेवाताल...

पोखरा । पटकपटक पोखरा महानगरपालिकाले डोजर चलाएर भत्काउँदै आएको फेवा किनारमा संरचना निर्माणको काम रोकिएको छैन । करिब ६ महिना अगाडी व्यबसायीले संरचना बनाउने र महानगरपालिकाले डोजर चलाउने गरेर चर्चामा आएको पोखरा १८ स्थित खपौदी फेवाताल किनारमा रेष्टुरेण्ट संचालनमा आएको छ ।

उक्त स्थानमा व्यवसायीले आफुसंग लालपुर्जा रहेको दाबी गर्दै आइरहेका छन् भने महानगर फेवाताल मापदण्ड मिचेर कुनैपनि संरचना बनाउन नपाइने भन्दै पटकपटक संरचना भक्ताउँदै आइरहेको छ । पोखरा महानगरपालिका कार्यवाहक मेयर मन्जुदेवी गुरुङले फेवातालको मापदण्ड भित्र कुनैपनि संरचना बनाउन नपाइने भन्दै बनेका संरचना भक्ताउनुपर्ने बताउँछिन् ।

‘तालको सिमांकन भईसक्यो मापदण्ड भित्र बनेका संरचना भत्काइन्छन । हामीले नबनाउनुस् भनेकै हो ।’उनले भनिन् ।

पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले दलका राजनीतिक नेता आडमा दवाब व्यवासयीले सिर्जना गर्न खोजेपनि कानुनी प्रक्रिया अनुरुप अगाडी बढ्ने बताए ।

प्रकाशित मिति २०७८ पुस ८ गते बिहीबार १०:४१
हजुरको प्रतिक्रिया