२०८३ साउन २१ गते बिहीबार

अब सहकारीले ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने

अब सहकारीले ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ६ गते मंगलबार १२:३५

६ असोज, काठमाडौं । सहकारी संस्थाहरुले कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् । सरकारले नयाँ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो । सन्दर्भ...

यस अघि १६ प्रतिशत थियो सन्दर्भ ब्याजदर

६ असोज, काठमाडौं । सहकारी संस्थाहरुले कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएका छन् ।

सरकारले नयाँ ब्याजदर तोक्दै सहकारी संस्थाहरुले १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको हो ।

सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको सोमबारको निर्णय बमोजिम सहकारी ऐन, २०७४ को दफा ५१ र सहकारी नियमावली, २०७५ को नियम २३ मा तोकिएका आधार र सामान्य भार समेतका आधारमा २०७७ कात्तिक १५ गतेदेखि लागु हुने गरी सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १४.७५ प्रतिशतमा नबढ्ने गरी तोकिएको विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार ऋण र बचतको ब्याजदरको अन्तर ६ प्रतिशतभन्दा घटी रहने गरी सन्दर्भ ब्याजदर तोकिएको हो । अघिल्लो वर्षको साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम् ब्याजदर १६ प्रतिशत कायम थियो । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिको निर्णय बमोजिम ब्याजदर पुनरावलोकन गरिएको हो ।

सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम सहकारी विभागका रजिष्ट्रारको संयोजकत्वमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी महासंघघ, राष्ट्रिय सहकारी बैंक, केन्द्रीय विषयगत संघहरूबाट प्रतिनिधि र सहकारी विभागका उप–रजिष्ट्रार सदस्य–सचिव रहेको ‘सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समिति’को गठन भई पहिलोे बैठक गत साउन ६ गते सम्पन्न भएको थियो ।

त्यसपछि समितिका थप चार बैठक तथा प्राविधिक उपसमितिको दुई वटा बैठक सम्पन्न भई ऐन तथा नियमावलीको व्यवस्था बमोजिम ब्याजदर निर्धारण भएको छ ।

प्रकाशित मिति २०७७ असोज ६ गते मंगलबार १२:३५
हजुरको प्रतिक्रिया