२०८३ कात्तिक ११ गते मंगलबार

म्यानमारमा जलेको अवस्थामा ३० शव भेटियो

म्यानमारमा जलेको अवस्थामा ३० शव भेटियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस ११ गते आइतबार ११:११

काठमाडौँ । म्यानमारको काया प्रान्तमा ३० वटाभन्दा धेरै शव फेला परेको छ । म्यानमारको मानवअधिकार समूहका अनुसार बालबालिका र महिलाका गरी ३० वटाभन्दा धेरै शव जलेको अवस्थामा फेला परेको हो । ती शवहरु म्यानमारको सेनाले जलाएर गाडेको...

काठमाडौँ । म्यानमारको काया प्रान्तमा ३० वटाभन्दा धेरै शव फेला परेको छ ।

म्यानमारको मानवअधिकार समूहका अनुसार बालबालिका र महिलाका गरी ३० वटाभन्दा धेरै शव जलेको अवस्थामा फेला परेको हो ।

ती शवहरु म्यानमारको सेनाले जलाएर गाडेको हुनसक्ने आशङ्का गरिएको छ । म्यानमारको पुस्रो सहर नजिक रहेको गाउँमा सेनाले गोली हानी उनीहरुको हत्या गरेको दाबी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । म्यानमारमा सैनिक शासनको विरोध गर्नेहरुलाई सेनाले अमानवीय व्यवहार गर्ने गरेको बताइएको छ ।

म्यानमारमा आङ सान सुकी नेतृत्वको सरकारलाई हटाएर सत्ता हातमा लिएयता नागरिकस्तरबाट सेनाको विरोध हुँदै आएको छ ।

प्रकाशित मिति २०७८ पुस ११ गते आइतबार ११:११
हजुरको प्रतिक्रिया