२०८३ असोज २४ गते शनिबार

जनसरोकारका कामलाई ‘फास्ट ट्रयाक’ बाट अगाडि बढाउन रास्वपाको जोड, झन्झटिला कानून सुधार्न अध्यादेश

जनसरोकारका कामलाई ‘फास्ट ट्रयाक’ बाट अगाडि बढाउन रास्वपाको जोड, झन्झटिला कानून सुधार्न अध्यादेश

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख १६ गते बुधबार ०४:५३

उनले भने, ‘आम नागरिकको चाहना छिटो काम होस् भन्ने छ, तर हाम्रा कानूनहरू यति झन्झटिला छन् कि एउटा सडकको बीचमा रहेको रुख काट्न समेत महिनौँ लाग्ने अवस्था छ । यस्ता प्रक्रियागत ढिलासुस्तीले गर्दा राज्य सञ्चालनमा विलम्ब भइरहेको छ । त्यसैले सरकारले अध्यादेशमार्फत भए पनि कामलाई छरितो बनाउनुपर्छ ।’

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनसरोकारका मुद्दा र प्रशासनिक ढिलासुस्तीलाई सम्बोधन गर्न ‘फास्ट ट्रयाक’ को पद्धति अपनाउनुपर्नेमा जोड दिएको छ ।

पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भएको संसदीय दलको अनौपचारिक छलफलमा सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन र झन्झटिला कानूनी प्रक्रियालाई अध्यादेशमार्फत भएपनि सुधार्नुपर्ने विषयमा विमर्श भएको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले समसामयिक राजनीति, सांसदहरूले भोगिरहेका व्यावहारिक समस्या र सरकारले ल्याउन लागेको आगामी बजेटमा पार्टीको तर्फबाट गरिने सुधारका प्रश्तावहरूमाथि छलफल भएको बताए ।

प्रमुख सचेतक बुर्लाकोटीले विद्यमान कानूनी प्रक्रिया निकै झन्झटिलो र समयसापेक्ष नभएको उल्लेख गर्दै त्यसलाई ‘इमर्जेन्सी’ उपचारको शैलीमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए ।

छलफलमा प्रश्तावित अध्यादेश कुनै व्यक्ति वा दल विशेषको लाभका लागि नभई सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन केन्द्रित हुनुपर्नेमा जोड दिइएको उनले बताए ।

विशेष गरी सहकारी पीडितहरूको वचत फिर्ता गर्ने प्रक्रिया र विभिन्न संवैधानिक निकायहरूमा रिक्त रहेका पदहरूको नियुक्तिलाई प्राथमिकताका साथ टुङ्ग्याउन ‘फास्ट ट्रयाक’ विधि आवश्यक रहेको रास्वपाको निष्कर्ष छ ।

उनले भने, ‘आम नागरिकको चाहना छिटो काम होस् भन्ने छ, तर हाम्रा कानूनहरू यति झन्झटिला छन् कि एउटा सडकको बीचमा रहेको रुख काट्न समेत महिनौँ लाग्ने अवस्था छ । यस्ता प्रक्रियागत ढिलासुस्तीले गर्दा राज्य सञ्चालनमा विलम्ब भइरहेको छ । त्यसैले सरकारले अध्यादेशमार्फत भए पनि कामलाई छरितो बनाउनुपर्छ ।’

सरकारले आगामी बजेट निर्माणको गृहकार्य गरिरहेको सन्दर्भमा रास्वपाले त्यसमा रचनात्मक सहयोग र आवश्यक सुधारका लागि सुझाव दिने तयारी गरेको छ ।

साथै पार्टी सभापति लामिछानेले सांसदहरूलाई संसद्मा प्रभावकारी भुमिका निर्वाह गर्न र नागरिकका समस्या समाधानमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

संघीय संसद्को आगामी अधिवेशनको तयारी समेत भइरहेको र छिट्टै नै अधिवेशन आह्वान हुने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति २०८३ वैशाख १६ गते बुधबार ०४:५३
हजुरको प्रतिक्रिया