२०८३ कात्तिक १० गते सोमबार

कास्कीमा आफ्नै बुवाको हत्या आरोपमा छोरा भिमबहादुर पक्राउ

कास्कीमा आफ्नै बुवाको हत्या आरोपमा छोरा भिमबहादुर पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ वैशाख २० गते आइतबार ०५:१०

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपा गाउँपालिका ४ बागेडाँडा बस्ने ६२ वर्षीय राम बहादुर घर्तीको हत्या गरेको आरोपमा उनकै ३४ वर्षीय कान्छो छोरा भिमबहादुर भुजेल रहेका छन् ।

पोखरा ।

कास्कीको रुपा गाउँपालिकामा आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

कास्की प्रहरीका अनुसार पक्राउ पर्नेमा रुपा गाउँपालिका ४ बागेडाँडा बस्ने ६२ वर्षीय राम बहादुर घर्तीको हत्या गरेको आरोपमा उनकै ३४ वर्षीय कान्छो छोरा भिमबहादुर भुजेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएपसी हरिबहादुर बस्नेतकाअनुसार गत माघ १७ गते राति करिब पौने ११ बजे राम बहादुर आफ्नै कोठामा अचेत अवस्थामा फेला परेका थिए ।

उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गरी शवलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाएको थियो ।

पोष्टमार्टम रिपोर्ट र प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा हत्या गरिएको खुल्न आएको हो ।

त्यसपछि घटनामा संलग्न रहेको आशंकामा मृतकका कान्छो छोरा भिम बहादुरलाई माघ १८ गते पोखरा महानगरपालिका वडा ११ हस्पिटल चोकबाट पक्राउ गरेको डिएसपी बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति २०८३ वैशाख २० गते आइतबार ०५:१०
हजुरको प्रतिक्रिया