२०८३ असोज २३ गते शुक्रबार

माओवादी महाधिवेशनः आजदेखि बन्दसत्र सुरु

माओवादी महाधिवेशनः आजदेखि बन्दसत्र सुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १२ गते सोमबार १०:५७

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्द सत्र सुरु हुने माओवादीले जनाएको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक...

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ ।

प्रज्ञा भवन कमलादीमा बिहान ११ बजेदेखि बन्द सत्र सुरु हुने माओवादीले जनाएको छ ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुनेछ । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।

बन्दसत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस १२ गते सोमबार १०:५७
हजुरको प्रतिक्रिया