२०८३ असोज २३ गते शुक्रबार

बदली, वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?

बदली, वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १२ गते सोमबार ११:०७

पोखरा । देशभरको मौसम आज (सोमबार) बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले बिहान हाल देशभर आंशिक देखि सामान्य...

पोखरा । देशभरको मौसम आज (सोमबार) बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ।

अहिले बिहान हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ।

सोमबार दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा सामान्य देखि पूर्णतया बदली र तराइका भू-भागमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यस्तै, राती देशको पहाडी तथा हिमाली भू-भागमा सामान्य देखि पूर्णतया बदली र तराइका भू-भागमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस १२ गते सोमबार ११:०७
हजुरको प्रतिक्रिया