२०८३ असोज २३ गते शुक्रबार

सहिद तथा बेपत्ता भएका परिवारलाई सम्मान गर्न प्रचण्डको जोड

सहिद तथा बेपत्ता भएका परिवारलाई सम्मान गर्न प्रचण्डको जोड

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १२ गते सोमबार ०४:०४

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद तथा बेपत्ता भएकाहरुको परिवारलाई सम्मान गर्न पार्टीका कमिटी तथा विभागहरुले नियमित कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद तथा बेपत्ता भएकाहरुको परिवारलाई सम्मान गर्न पार्टीका कमिटी तथा विभागहरुले नियमित कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले त्यस्ता परिवारलाई सम्मान गर्न पार्टी कमिटी तथा विभागहरुले आफ्नो ठाउँबाट राज्यलाई दबाब सिर्जना गर्नुपर्ने खाँचो पनि औंल्याएका छन् ।

सहिद तथा बेपत्ता भएकाहरुको परिवारसँग नियमित भेटघाट गर्नुपर्ने, उनीहरुको सम्मान गर्ने तथा राज्यको तर्फबाट उचित राहतको व्यवस्थापनका लागि जोड गर्नुपर्ने उनको भनाइ छ । घाइते तथा अपाङ्ता भएकाहरुको विशेष उपचारका लागि जोड दिने, सहिद, बेपत्ता भएकाहरुको नाममा रहेका प्रतिष्ठानलाई समन्वयात्मक रुपमा क्रियाशील बनाउन पनि उनले जोड दिएका छन् ।

उनले पूर्वजनमुक्ति सेनालाई पार्टीको काममा जोड्ने र उचित जिम्मेवारी दिने विषयलाई सबै कमिटीले गम्भीरतापूर्वक लिनुपर्ने पनि प्रस्ट पारेका छन् ।

प्रकाशित मिति २०७८ पुस १२ गते सोमबार ०४:०४
हजुरको प्रतिक्रिया