२०८३ साउन २१ गते बिहीबार

जोर्डन: सांसदहरुबीच हात हालाहाल र कुटाकुट

जोर्डन: सांसदहरुबीच हात हालाहाल र कुटाकुट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १४ गते बुधबार ११:१५

काठमाडौँ । जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । त्यहाँका सभामुखले उपसभामुखलाई सदन छोड्न आदेश दिएपछि भड्किएको विवादका बीच सांसदहरुमा हात हालाहालको अवस्था आएको हो । संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा...

काठमाडौँ । जोर्डनको संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ ।

त्यहाँका सभामुखले उपसभामुखलाई सदन छोड्न आदेश दिएपछि भड्किएको विवादका बीच सांसदहरुमा हात हालाहालको अवस्था आएको हो ।

संसद भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरु एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् । उसभामुख ढलेपछि केही सांसदहरुले होहल्ला गरेका थिए ।

संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि साँसदहरुबिच चर्काचर्की भएको थियो ।

प्रकाशित मिति २०७८ पुस १४ गते बुधबार ११:१५
हजुरको प्रतिक्रिया