२०८३ साउन २१ गते बिहीबार

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन १८ गते सोमबार ०३:३०

पोखरा । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् । राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो पक्राउ गरेको हो । उनलाई कागेश्वरी मनहरा...

पोखरा ।

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन् ।

राहदानीसम्बन्धी कसुरमा अनुसन्धानका लागि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो पक्राउ गरेको हो ।

उनलाई कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।

उनलाई राहदानी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको प्रहरीले बताएको छ । नेपालबाट शरणार्थीलाई तेस्रो मुलुक जान अनुमति दिने कार्यमा उनको प्रत्यक्ष संलग्नता देखिएपछि पक्राउ गरिएको जबराले बताए ।

०६८ सालमा उनले उक्त ऐनअन्तर्गत कसुर गरेको फेला परेसँग उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीविरुद्ध ०८२ चैतमा मात्रै मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति २०८३ साउन १८ गते सोमबार ०३:३०
हजुरको प्रतिक्रिया