२०८३ साउन २१ गते बिहीबार

देशभर बदली, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

देशभर बदली, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १६ गते शुक्रबार १०:२५

पोखरा । देशभरको मौसम आज (शुक्रबार) बदली रही उच्च पहाडी तथा हिमाली भू(भागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी...

पोखरा । देशभरको मौसम आज (शुक्रबार) बदली रही उच्च पहाडी तथा हिमाली भू(भागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेकोले मौसम प्रभावित भएको हो।

अहिले बिहान हाल देशभर आंशिक बदली रहेको छ। धेरै स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ।

शुक्रबार दिउँसो देशभर आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राती प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति २०७८ पुस १६ गते शुक्रबार १०:२५
हजुरको प्रतिक्रिया