२०८३ साउन २१ गते बिहीबार

कश्मीरको बैष्णो देवी मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु

कश्मीरको बैष्णो देवी मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १८ गते आइतबार १०:५९

काठमाडौँ । भारतमा एउटा हिन्दु मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु भएको छ । भारत प्रशासित कश्मीरको माता बैष्णो देवी मन्दिरमा विवादपछि भएको भागदौडमा अन्य थुप्रै घाईते भएका छन् । मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले...

काठमाडौँ । भारतमा एउटा हिन्दु मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु भएको छ ।

भारत प्रशासित कश्मीरको माता बैष्णो देवी मन्दिरमा विवादपछि भएको भागदौडमा अन्य थुप्रै घाईते भएका छन् । मृत्युप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन् ।

सो मन्दिरमा हरेक दिन दशौं हजार मानिस जाने गर्छन् ।

मन्दिरमा अंग्रेजी नयाँ वर्षको पहिलो दिन हजारौं भक्तजनको भिड लागेको थियो ।

महामारीपछि मन्दिरमा दैनिक बढीमा २५ हजार जनालाई मात्र जाने अनुमति दिइएको छ । तर, शनिरबार मन्दिरमा अनुमति दिएभन्दा दोब्बर संख्यामा भक्तजनको भिड लागेको थियो ।

प्रकाशित मिति २०७८ पुस १८ गते आइतबार १०:५९
हजुरको प्रतिक्रिया