२०८३ कात्तिक १० गते सोमबार

टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए

टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ९ गते मंगलबार ०९:४९

एजेन्सी । दक्षिण चीनको ग्वाङ्सी प्रान्तमा आएको टाइफुन नाराका कारण उत्पन्न भीषण बाढीपछि करिब ४ हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । ग्वाङ्सीको फाङचेनगाङ सहरस्थित साङ्सी काउन्टीमा बाढीले जनजीवन प्रभावित पारेपछि...

एजेन्सी ।

दक्षिण चीनको ग्वाङ्सी प्रान्तमा आएको टाइफुन नाराका कारण उत्पन्न भीषण बाढीपछि करिब ४ हजार स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

ग्वाङ्सीको फाङचेनगाङ सहरस्थित साङ्सी काउन्टीमा बाढीले जनजीवन प्रभावित पारेपछि उद्धार टोलीहरूले चौबीसै घण्टा खटिएर उद्धार कार्यलाई तिब्रता दिएका छन् । टाइफुनको बढ्दो जोखिमलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा दोस्रो तहको चेतावनी जारी गरिएको थियो । स्थानीय अधिकारीहरूकाअनुसार आईतवार साँझसम्ममा प्रभावित क्षेत्रबाट करिब ४ हजार सर्वसाधारणलाई सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ ।

बाढीले पु¥याएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको र उद्धार कार्य जारी रहेको बताइएको छ ।

प्रकाशित मिति २०८३ भदौ ९ गते मंगलबार ०९:४९
हजुरको प्रतिक्रिया