२०८३ असोज २३ गते शुक्रबार

नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो

नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ ९ गते मंगलबार १२:०२

पोखरा । राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । मंगलबार बसेको सभाको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा...

पोखरा ।

राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

मंगलबार बसेको सभाको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रश्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गरेकी थिइन् ।

प्रश्ताव प्रश्तुत गर्दै मन्त्री गौतमले प्रतिनिधि सभाको सन्देशसहित प्राप्त विधेयकलाई सम्बन्धित समितिमा पठाउन सभाको अनुमति मागेकी थिइन् ।

तत्पश्चात, राष्ट्रिय सभाका अध्यक्षले उक्त प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्नुभएकोमा बैठकले सर्वसम्मतिले स्वीकृत गरेको घोषणा गरियो ।

योसंगै राष्ट्रिय सभाको अर्को बैठक आगामी २०८३ साल भदौ १६ गते मंगलबार अपराह्न १ः१५ बजे बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित मिति २०८३ भदौ ९ गते मंगलबार १२:०२
हजुरको प्रतिक्रिया