२०८३ असोज २३ गते शुक्रबार

रसुवा बाढीः उद्धार र राहतमा तिब्रता दिन सभामुखको आग्रह

रसुवा बाढीः उद्धार र राहतमा तिब्रता दिन सभामुखको आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १० गते बुधबार ०४:३३

पोखरा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै प्रतिनिधि सभाको बुधवारको बैठक स्थगित गरिएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त...

पोखरा ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै प्रतिनिधि सभाको बुधवारको बैठक स्थगित गरिएको छ ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराएका हुन् र

सभामुख अर्यालले विपद्को यस कठिन घडीमा घाइतेहरूको शिघ्र उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी र प्रभावित एवं विस्थापितहरूलाई तत्काल राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिए ।

उनले यस कार्यमा आवश्यक समन्वय र सहयोगका लागि निजी क्षेत्र, गैरसरकारी निकाय तथा नागरिक समाजलाई समेत हार्दिक अपिल गरेका छन् ।

उनले भने, ‘यस दुःखद् घडीमा राज्यका सम्पूर्ण संयन्त्रहरू उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने आवश्यकता देखिएको छ ।’

बाढीका कारण उत्पन्न सङ्कटलाई ध्यानमा राखी बुधबारको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रमहरू हटाइएको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभाको अर्को बैठक बिहीबार दिनको १ बजे बस्ने गरी स्थगित गरिएको छ ।

प्रकाशित मिति २०८३ भदौ १० गते बुधबार ०४:३३
हजुरको प्रतिक्रिया