२०८३ असोज २३ गते शुक्रबार

त्रिशूली ३ ‘बी’ को सुरुङभित्र फसेकाहरूको उद्धारमा चिनियाँ विज्ञ टोली खटियो

त्रिशूली ३ ‘बी’ को सुरुङभित्र फसेकाहरूको उद्धारमा चिनियाँ विज्ञ टोली खटियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १३ गते शनिबार ०४:१८

पोखरा । बाढीका कारण प्रभावित बनेको रसुवा स्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारमा चिनियाँ विज्ञ टोली खटिएको छ । अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई...

पोखरा ।

बाढीका कारण प्रभावित बनेको रसुवा स्थित माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारमा चिनियाँ विज्ञ टोली खटिएको छ ।

अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको हो ।

सरकारको अनुमतिपश्चात् ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली मैदानमा खटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गरेको छ ।

संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ‘रेकी’ (अनुगमन) गर्नेछ ।

प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइनेछ ।

सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए तापनि सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका श्रमिकहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको छ ।

प्रकाशित मिति २०८३ भदौ १३ गते शनिबार ०४:१८
हजुरको प्रतिक्रिया