२०८३ असोज २३ गते शुक्रबार

व्यवसायीको सुझाव सुन्दै घरदैलोमा उत्तममान बुद्धाचार्य

व्यवसायीको सुझाव सुन्दै घरदैलोमा उत्तममान बुद्धाचार्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १६ गते मंगलबार ११:४५

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्य व्यवसायी भेटघाट तथा घरदैलो अभियानमा व्यस्त भएका छन्। बुद्धाचार्यले पोखराका विभिन्न क्षेत्रका उद्योगी व्यवसायीकलाई...

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष पदका उम्मेदवार उत्तममान बुद्धाचार्य व्यवसायी भेटघाट तथा घरदैलो अभियानमा व्यस्त भएका छन्।

बुद्धाचार्यले पोखराका विभिन्न क्षेत्रका उद्योगी व्यवसायीकलाई भेटघाट गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षा सुनिरहेका छन्। घरदैलोका क्रममा उनले व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै आगामी नेतृत्वबाट उनीहरूले चाहेको विषयबारे जानकारी लिइरहेका छन्।

व्यवसायीका दैनिक समस्या, बजारको अवस्था, पार्किङ तथा सामान ढुवानीलगायतका विषयमा व्यवसायीसँग प्रत्यक्ष छलफल भइरहेको उनको भनाइ छ।

‘उहाँहरूको सुझाव र अपेक्षालाई आगामी योजनामा समेटेर अघि बढ्ने मेरो प्रयास हो,’ बुद्धाचार्यले भने।

लामो समयदेखि व्यवसायमा सक्रिय रहँदै आएका बुद्धाचार्यले पोखरा उद्योग वाणिज्य संघमा सदस्य, वाणिज्य उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। यही अनुभवका आधारमा संघलाई अझ व्यवसायीमैत्री, पारदर्शी, प्रविधिमैत्री र परिणाममुखी बनाउने योजना उनले अघि सारेका छन्।

बुद्धाचार्यले सार्वजनिक गरेको १७ बुँदे प्रतिबद्धतामा व्यवसायीका लागि एकद्वार सहायता केन्द्र, व्यवसायिक डाटा बैंक, एआई तथा डिजिटल प्रविधिको प्रयोग, युवा तथा महिला उद्यमशीलता प्रवर्द्धन,अभियानलगायतका कार्यक्रम समेटिएका छन्।

घरदैलोका क्रममा व्यवसायीबाट प्राप्त सुझावलाई आफ्नो अभियानको महत्वपूर्ण आधारका रूपमा लिँदै बुद्धाचार्यले साना ठूला सबै व्यवसायीलाई समेटेर संघलाई साझा संस्थाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशन भदौ २० र २१ गते हुँदैछ।

प्रकाशित मिति २०८३ भदौ १६ गते मंगलबार ११:४५
हजुरको प्रतिक्रिया