२०८३ असोज २३ गते शुक्रबार

पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त पदस्थापना सम्पन्न

पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त पदस्थापना सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस १९ गते सोमबार १०:४२

पोखरा l पोखरा जेसीज एवं पोखरा लेडी जेसीज बर्ष २०२२ को संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । हरेक नयाँ कार्यसमितिको जनवरी १ मै पदस्थापना हुने पोखरा जेसीजको प्रचलन अनुरुप यस बर्ष पनि नेपाल जेसीज बर्ष २०२२ का राष्ट्रिय अध्यक्ष...

पोखरा l पोखरा जेसीज एवं पोखरा लेडी जेसीज बर्ष २०२२ को संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । हरेक नयाँ कार्यसमितिको जनवरी १ मै पदस्थापना हुने पोखरा जेसीजको प्रचलन अनुरुप यस बर्ष पनि नेपाल जेसीज बर्ष २०२२ का राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर लालमणी भण्डारीको प्रमुख अतिथ्यतामा पोखरा ६ लेकसाइड स्थित कुटि रिसोर्टको सभाहलमा पोखरा जेसीज बर्ष २०२१ का अध्यक्ष जेसिआइ सिनेटर ई. किरण केसिको सभाध्यक्ष एवं पोखरा लेडी जेसीज बर्ष २०२१ कि अध्यक्ष जेसि कमला शर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

विशेष अतिथी पोखरा महानगरपालिका वार्ड २४ का अध्यक्ष ओम सुवेदी तथा पोखरा महानगरपालिका वार्ड ०४ का वार्ड अध्यक्ष शंकर बास्तोला थिएभने अथितीमा नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय पदाधिकारीहरु महासचिव जेसि कृष्ण सापकोटा, कानुनी सल्लाहकार जेसि गोबिन्द देवकोटा, उपाध्यक्ष जेसि कृष्ण श्रेष्ठ, टिओवाइएनका सभापति जेसि सन्तु पौडेल, राष्ट्रिय अध्यक्षका प्रेस सल्लाहकार जेसि हरिश भट्ट, पोखरा जेसिज पोखरा लेडी जेसीजका पुर्व अध्यक्षहरु, पोखरा जेसिजका छिमेकी शाखाका शाखा अध्यक्षहरु एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

पोखरा लेडी जेसीज सदस्य जेसि सिरु चालिसेले स्वागत गरिएको उक्त समारोहमा पोखरा जेसीज र पोखरा लेडी जेसीज बर्ष २०२२का अध्यक्षद्वय जेसि मिनराज खड्का र जेसि लक्ष्मी अधिकारीले सपथ ग्रहण गरेका थिए । साथै बर्ष २०२२ को आ–आफ्नो बर्षको कार्येयोजना प्रस्तुत गरेका थिए ।

सो अवसरमा नव नियुक्त अध्यक्षहरुले आफ्नो कार्यसमितिलाई समेत सपथ ग्रहण गराएको थिए । प्रमुख अतिथि जेसिआइ सिनेटर लालमणी भण्डारीले नयाँ कार्यसमितिलाई बधाई दिदै २०२१ का कार्यसमितिको कार्यकुशलताको प्रशंसा गरेका थिए ।

साथै पोखरा जेसिज बर्ष २०२२को प्रकरण ‘सफलता का लागि सहकार्य’ अनुरुप नेपाल जेसिज तथा अन्य संघसंस्थासँग सहकार्य गरि पोखरा जेसिजको गौरवलाई अझै माथी पुराउन सहयोग गर्ने बताए । त्यसैगरी वार्ड २४ का अध्यक्ष ज्युले जेसिज आफुमा उत्कृष्ट संस्था रहेको र जेसिज सङ सहकाय गर्न आफू पनि उत्साहित रहेको भन्दै शुभकामना व्यक्त गरे । त्यस्तै पोखरा जेसिजका पुर्ब अध्यक्षको तर्फबाट बर्ष २०१२ का अध्यक्ष सन्तोष पोख्रे , पोखरा लेडी जेसीजका पुर्ब अध्यक्ष जेसि गिता देवकोटा , छिमेकी शाखाको तर्फबाट भिर्कोट जेसिजका अध्यक्ष २०२१ जेसि प्रशुन सिजाली लागायत ले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा पोखरा जेसिज २०१६ का शाखा अध्यक्ष जेसि गोबिन्द देवकोटा नेपाल जेसिज बर्ष २०२२ का लागि मनोनीत राष्ट्रिय कानुनी सल्लाहकार भएकोमा सम्मान, २०२१ का कार्यसमितिलाई मायाको चिनो प्रदान गरि सम्पन्न भएको थियो।

पोखरा जेसिज २०२२ का महासचिव जेसि प्रकाश घिमिरे र पोखरा लेडी जेसीज सचीव जेसि प्रमिला सुवेदीले संचालन गरेका थिए भने धन्यवाद ज्ञापन जेसि नारायण प्रसाद बास्तोलाले गरेका थिए । साथै संयोजन जेसि नारायण प्रसाद बास्तोला र जेसि सिरु चालिसेले गरेका थिए ।

प्रकाशित मिति २०७८ पुस १९ गते सोमबार १०:४२
हजुरको प्रतिक्रिया