रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराले बाढी, पहिरो तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख २७ हजार ७ सय ७६ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
संकलित रकम मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई रेबान पोखराका पदाधिकारी तथा व्यवसायीहरूले हस्तान्तरण गरेका हुन्।
रेबान पोखराका पुर्व अध्यक्ष नरेश भट्टराईका अनुसार बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले व्यवसायीहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको हो। संस्थाका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्वअध्यक्ष तथा साधारण सदस्यहरूले सहयोग रकम उपलब्ध गराएका बताए ।
संकलित रकममध्ये टेम्पल ट्री रिसोर्टका वसन्त गौतमले २ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। गौतम रेबान पोखराका प्रथम उपाध्यक्ष हुन्। त्यसैगरी माउन्ट कैलाश रिसोर्ट प्रालिका अध्यक्ष तथा रेबानका पूर्वअध्यक्ष नरेश भट्टराईले २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन्।
द ओल्ड लान्हुआ चाइनिज रेस्टुरेन्टका सदस्य ज्यासन हउले २८ हजार रुपैयाँ तथा सोही रेस्टुरेन्टका कर्मचारीहरूको तर्फबाट ज्यासन हउमार्फत ३० हजार रुपैयाँ सहयोग संकलन भएको छ।
अन्य सहयोगदातामध्ये पूर्वअध्यक्ष सूर्यबहादुर भुजेलको लक्ष्मण रेस्टुरेन्टले २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। फेवा थकालीका महासचिव वीरेन्द्र शेरचन, कफी ब्रेकका कार्यसमिति सदस्य कृष्ण अधिकारी, बुम¥याङ रेस्टुरेन्टका पूर्वअध्यक्ष गणेशबहादुर भट्टराई तथा माया पब रेस्टुरेन्टका सदस्य प्रजोल श्रेष्ठले जनही २५ हजार रुपैयाँ सहयोग गरेका छन्। यसैगरी सेन्ट्रल भिल्ला रिसेप्शन प्रालिका कोषाध्यक्ष रोशनजंग कार्की, सम्राट तन्दुरीका कार्यसमिति सदस्य लोकेश ढकाल, फेवा लेक रेस्टुरेन्टका पूर्वअध्यक्ष बलराम पहारी तथा बी ह्याप्पी रेस्टुरेन्टका पूर्वअध्यक्ष लक्ष्मण बरालले जनही १५ हजार रुपैयाँ प्रदान गरेका छन्। रेबानका द्वितीय उपाध्यक्ष विकास भट्टराईको जाविस्टा क्याफेले १० हजार रुपैयाँ सहयोग गरेको छ।
विपद्को कठिन घडीमा पीडितहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले पोखराका रेस्टुरेन्ट व्यवसायीहरू एकजुट भएर राहत संकलनमा जुटेको रेबान पोखराले अध्यक्ष विश्वराज पौडेलले बताए ।
प्रकाशित मिति २०८३ भदौ १७ गते बुधबार १०:२७




