२०८३ असोज २३ गते शुक्रबार

पोखराको राधाकृष्ण मन्दिरमा जन्माष्टमी पर्व मनाइँदै

पोखराको राधाकृष्ण मन्दिरमा जन्माष्टमी पर्व मनाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ १८ गते बिहीबार ०५:२५

पोखरा महानगरपालिका–१४ देउराली स्थित राधाकृष्ण मन्दिरमा शुक्रबार श्रीकृष्ण जन्माष्टमी पर्व सामान्य रूपमा मनाइने भएको छ। देशको विषम अवस्थालाई मध्यनजर गर्दै यस वर्ष विगतका वर्षझैं भव्य कार्यक्रम आयोजना नगरिने श्रीराधाकृष्ण...

पोखरा महानगरपालिका–१४ देउराली स्थित राधाकृष्ण मन्दिरमा शुक्रबार श्रीकृष्ण जन्माष्टमी पर्व सामान्य रूपमा मनाइने भएको छ।
देशको विषम अवस्थालाई मध्यनजर गर्दै यस वर्ष विगतका वर्षझैं भव्य कार्यक्रम आयोजना नगरिने श्रीराधाकृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ। समितिका कोषाध्यक्ष कुशबहादुर कार्कीका अनुसार यस पटक भजन प्रतियोगितालगायतका अतिरिक्त कार्यक्रम नगर्ने निर्णय गरिएको छ।
श्रीकृष्ण जन्माष्टमीका अवसरमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पशुपति पौडेल गुरुद्वारा कथा प्रवचन हुने कार्यक्रम तय गरिएको छ। विगतमा पर्वका अवसरमा विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रमसहित भव्य रूपमा उत्सव मनाइने गरे पनि यस वर्ष सामान्य ढंगले पर्व मनाउने तयारी गरिएको कार्कीले बताए। समितिले सम्पूर्ण छरछिमेकी, टोलवासी, इष्टमित्र तथा धर्मावलम्बीलाई पूजा–आराधना, कथा श्रवण तथा प्रसाद ग्रहण कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। धार्मिक आस्था र परम्परालाई निरन्तरता दिने उद्देश्यले सामान्य रूपमा भए पनि श्रीकृष्ण जन्माष्टमी पर्व मनाउन लागिएको समितिले जनाएको छ।

 

प्रकाशित मिति २०८३ भदौ १८ गते बिहीबार ०५:२५
हजुरको प्रतिक्रिया