२०८३ कात्तिक ११ गते मंगलबार

दिल्लीका मुख्यमन्त्री केजरीवाल कोरोना संक्रमित

दिल्लीका मुख्यमन्त्री केजरीवाल कोरोना संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २० गते मंगलबार ११:५४

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ । उनले आफै ट्वीट गरी कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । ‘मेरो कोभिड परिक्षण नतिजा पोजेटिभ आएको छ । हल्का लक्षणहरु छन् । मैले आफूलाई घरमा आइसोलेट गरेको...

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ । उनले आफै ट्वीट गरी कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

‘मेरो कोभिड परिक्षण नतिजा पोजेटिभ आएको छ । हल्का लक्षणहरु छन् । मैले आफूलाई घरमा आइसोलेट गरेको छु । जो व्यक्ति पछिल्ला केही दिनमा मेरो सम्पर्कमा आउनु भएको थियो उहाँहरुलाई म आइसोलेशनमा बसेर कोभिड परिक्षण गर्न अनुरोध गर्दछु,’ केजरीवालले ट्वीटरमा लेखेका छन् ।

भारतमा पछिल्ला दिन कोरोना संक्रमण ह्वात्तै बढेको छ । खासगरी दिल्ली, मुम्बई जस्ता ठूला सहरमा संक्रमण बढेको छ ।

पछिल्लो चौबिस घण्टामा भारतमा थप ३७ हजार ३७९ जनामा कोरोना संक्रमण भएको पाइएको छ । उक्त समयमा दिल्लीमा ४ हजार ९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

भारतले हालसम्म १ अर्ब ५२ करोड ९६ लाख डोज कोरोना खोप जनतालाई लगाइसकेको छ ।

प्रकाशित मिति २०७८ पुस २० गते मंगलबार ११:५४
हजुरको प्रतिक्रिया
मुग्लिन–पोखरा अब सररर

मुग्लिन–पोखरा अब सररर

२०८३ कात्तिक ११ गते मंगलबार ०५:११
दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

२०८३ कात्तिक ११ गते मंगलबार ०५:०४
विराटनगरमाथि चितवनको रोमाञ्चक जित

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

२०८३ कात्तिक ११ गते मंगलबार ०४:५४